Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बलात्कार मुद्दामा पल शाहले पाए सफाइ

    बलात्कार मुद्दामा पल शाहले पाए सफाइ

    अनलाइन नेपाल
  • मंगलबार, ३ माघ २०७९
  • 687
    SHARES

    काठमाडौं । नाबालिका बलत्कार गरेको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहले सफाइ पाएका छन् ।

    तनहुँ जिल्ला अदालतले अभियोग दाबी नपुग्ने भन्दै बलात्कार मुद्दामा सफाइ दिएको हो । न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले बलात्कार मुद्दामा उनलाई सफाइ दिएको हो । दुवै पक्षबाट मंगलबार दिनभर बहस भएको थियो ।



    जिल्ला अदालत तनहुँका स्रेस्तेदार मिनबहादुर कुँवरले शाहलाई सफाइ दिने फैसला भएको जानकारी दिए । उनलाई यसअगाडि जिल्ला अदालत नवलपुरले पनि जबरजस्ती करणीको मुद्दामा सफाइ दिएको थियो ।



    तर, बालयौन दुरुपयोगसम्बन्धी अभियोगमा दुई वर्ष ६ महिना कैद र १० लाख क्षतिपूर्तिवापत जरिबाना तोकेको थियो ।

    उनी हाल तनहुँ कारागारमा छन् । एक बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ र नवलपरासी पूर्वमा शाहमाथि मुद्दा दायर भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार