Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • मोन्टीलाई राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक बनाउने क्यानको तयारी

    मोन्टीलाई राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक बनाउने क्यानको तयारी

    अनलाइन नेपाल
  • आइतबार, ८ माघ २०७९
  • 501
    SHARES

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा मोन्टी देसाईलाई नियुक्त गर्ने तयारी गरेको छ ।

    क्यानले भारतीय प्रशिक्षक देसाईलाई नयाँ प्रशिक्षक नियुक्त गर्ने तयारी गरेको हो । देसाई यसअघि पनि दुई पटक अन्तिम छनोटमा परेका थिए ।



    तर, उनलाई क्यानले मुख्य प्रशिक्षकको जिम्मेवारीमा राखेको थिएन । मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएपछि क्यानले नयाँ प्रशिक्षकको लागि आवेदन माग गरेको थियो ।



    जसअनुसार अन्तरवार्ताबाट देसाईको नाम क्यानको प्राविधिक समितिले बोर्डमा सिफारिस गरेको हो । देसाईले सन् २०१८ मा अफगानिस्तानको प्रशिक्षकको भूमिका निर्वाह गरेको थिए ।

    त्यस्तै उनले सन् २०१९ को अक्टोबरमा युएईको ब्याटिङ प्रशिक्षकका रूपमा काम गरिसकेका छन् । उनी सोही सयमा क्यानडाको प्रशिक्षक पनि थिए ।

    देसाई सन् २०१७ मा नेपाली यू–१९ टोलीले यू–१९ एसिया कपमा नेपालका ब्याटिङ सल्लाहकार थिए । प्राविधिक समितिले बोर्डलाई देसाईको नाम सिफारिस गरेको र दुई दिनमा उनलाई नियुक्ति गरिने क्यान स्रोतले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार