Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अल नासरका लागि रोनाल्डोको डेब्यू, उक्लियो शीर्ष स्थानमा

    अल नासरका लागि रोनाल्डोको डेब्यू, उक्लियो शीर्ष स्थानमा

    अनलाइन नेपाल
  • सोमबार, ९ माघ २०७९
  • 549
    SHARES

    एजेन्सी । क्रिस्टियानो रोनाल्डोले प्रतिस्पर्धात्मक खेलमा नयाँ क्लब अल नासरका लागि डेब्यू गरेका छन् ।

    साउदी प्रो लिगमा इतिफाकलाई १–० हराउने क्रममा रोनाल्डोले खेलमा डेब्यू गरेका हुन् । खेलमा रोनाल्डोले गोल भने गर्न सकेनन् ।



    ब्राजिलियन मिडफिल्डर टालिस्काले खेलमा निर्णायक गोल गरेका थिए । ३७ वर्षीय पोर्चुगिज खेलाडी गत महिना साउदी क्लबसँग आबद्ध भएका थिए ।



    २०२५ सम्मको करारमा रोनाल्डोले प्रतिवर्ष १७.७ करोड पाउन्ड कमाउने बताइएको छ ।

    अल नासर लिगको शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको अल हिलालभन्दा टोली मात्र एक अंकले अघि रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार