Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • साउदी प्रो लिगमा अल नासरको शहबाबमाथि जित, रोनाल्डोको ७५० औँ गोल

    साउदी प्रो लिगमा अल नासरको शहबाबमाथि जित, रोनाल्डोको ७५० औँ गोल

    अनलाइन नेपाल
  • सोमबार, १४ फाल्गुन २०८०
  • 471
    SHARES

    फाइल तस्विर

    एजेन्सी । साउदी प्रो लिगमा अल नासरले अल शहबाबमाथि जित निकालेको छ । गएराति भएको खेलमा अल नासरले अल शहबाबमाथि ३–२ गालले पजत निकालेको हो ।

    खेलको २१ औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।



    उनको क्लब करियरमा यो ७५० औँ गोल थियो । समग्रमा उनको गोल सङ्ख्या ८७७ पुगेको छ ।



    यस्तै टालिस्काले दुई गोल गरे । यता अल शहबाबका लागि यानिक कारास्को र कार्लोस जुनियरले गोल गरे ।

    २१ खेलपछि अल नासर ५२ अङ्कसहित लिगको दोस्रो स्थानमा रहेको छ । एक खेल कम खेलेको अल हिलाल ५६ अङ्कसहित लिगको शीर्ष स्थानमा रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार