Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • रोनाल्डोको पेनाल्टी गोलमा अल नासरको जित, अल अहली पराजित

    रोनाल्डोको पेनाल्टी गोलमा अल नासरको जित, अल अहली पराजित

    अनलाइन नेपाल
  • शनिबार, ३ चैत्र २०८०
  • 603
    SHARES

    फाइल तस्विर

    एजेन्सी । साउदी प्रो लिगमा अल नासरले अल अहलीलाई पराजित गरेको छ ।

    गएराति जेदाहमा भएको खेलमा अल नासरका क्रिष्टियानो रोनाल्डोको पेनाल्टी गोलमा अल नासर १–० गोलले विजयी भएको हो ।



    घरेलु टोली अल अहलीका रोजर इवानेजले पेनाल्टी बक्समा सामी अल नाजेइलाई फउल गरेपछि रेफ्रीले अल नासरलाई पेनाल्टी दिएका थिए ।



    दोस्रो स्थानमा रहेको अल नासरको २४ खेलबाट ५६ अङ्क छ । शीर्षस्थानमा रहेको अल हिलालको २३ खेलमा ६५ अङ्क रहेको छ ।

    प्रो लिगकै अर्को खेलमा अल ताई र अल इत्तिफाक तथा अल फाया र अल रियादले समान १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार