Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • दायाँबायाँ नसोचि राष्ट्रपति निर्वाचनको मिति तोक्न आयोगलाई उपसभापति खड्काको सुझाव

    दायाँबायाँ नसोचि राष्ट्रपति निर्वाचनको मिति तोक्न आयोगलाई उपसभापति खड्काको सुझाव

    अनलाइन नेपाल
  • आइतबार, १५ माघ २०७९
  • 429
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पुर्णबहादुर खड्काले राष्ट्रपति निर्वाचनको मिति तोक्न निर्वाचन आयोगलाई सुझाव दिएका छन् ।

    आइतबार बिहान ट्वीट गर्दै उपसभापति खड्काले दायाँबायाँ नसोचि, नहेरि राष्ट्रपति निर्वाचनको मिति तोक्न आयोगलाई सुझाव दिएका हुन् ।



    उनले राष्ट्रपति निर्वाचनको मिति घोषणा गरेर संशयको घेराबाट आफूलाई निर्वाचन आयोगले बाहिर निकाल्न उपयुक्त हुने बताए ।



    ‘दायाँबायाँ नसोचि, नहेरि। निर्वाचन आयोगले फागुन २८ अगावै सम्पन्न हुनेगरी राष्ट्रपतिको निर्वाचनको मिति घोषणा गरेर अहिले यस विषयमा देखिन थालेको संशयको घेराबाट आफूलाई समयमै बाहिर निकाल्नु संवैधानिक संस्थाको गरिमाका लागि श्रेयस्कर हुनेछ।’ खड्काले ट्वीटरमा उल्लेख गरेका छन् ।

    राष्ट्रपतिको कार्यकाल फागुन २८ मा सकिँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार