Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • राष्ट्रपति निर्वाचनको मिति तोक्न आयोगलाई दबाब

    राष्ट्रपति निर्वाचनको मिति तोक्न आयोगलाई दबाब

    अनलाइन नेपाल
  • सोमबार, १६ माघ २०७९
  • 384
    SHARES

    काठमाडौं । राष्ट्रपति निर्वाचनको मिति फागुन २९ अघि तोक्न निर्वाचन आयोगलाई दबाब पर्दै गएको छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीको पाँच वर्षको पदावधि यही फागुन २९ गते सकिँदैछ। संविधानको धारा ६३ अनुसार राष्ट्रपतिको पदावधि सकिनु एक महिनाअघि निर्वाचन गराउनुपर्ने हुन्छ ।



    राष्ट्रपति निर्वाचनसम्बन्धी ऐन २०७४ मा भने कार्यकाल सकिनुभन्दा एक महिनाअघि राष्ट्रपतिको चुनाव हुने गरी मिति तोक्ने भनिएको छ । उक्त कानुनमा निर्वाचन परिणाम आएपछि राष्ट्रपति निर्वाचित भएको मानिने पनि उल्लेख छ ।



    ऐनअनुसार राष्ट्रपति निर्वाचित भइसकेपछि पनि पुरानो राष्ट्रपतिको कार्यभार कायमै रहने भएकाले समस्या देखिएको हो। राष्ट्रपति निर्वाचनका सम्बन्धमा संवैधानिक र कानुनी विवाद बढ्दै गएपछि राष्ट्रपति निर्वाचनको मिति तोक्ने विषयमा अन्योल छाएपछि सार्वजनिक रूपमा टीकाटिप्पणी भइरहेको छ ।

    यस स्थितिमा राष्ट्रपतिको निर्वाचनको मिति तोक्ने विषयमा राजनीतिक दल र तिनका नेताहरूले सार्वजनिक रूपमा अभिव्यक्ति दिने क्रम बढ्दै गएको छ । यसैबीच नेपाली कांग्रेसले फागुन २८ अघि नै राष्ट्रपति निर्वाचन गर्न निर्वाचन आयोगसँग माग गरेको छ । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार