Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • प्रधानमन्त्री प्रचण्ड र अमेरिकी उपविदेशमन्त्री नुल्याण्डबीच भेटवार्ता

    प्रधानमन्त्री प्रचण्ड र अमेरिकी उपविदेशमन्त्री नुल्याण्डबीच भेटवार्ता

    अनलाइन नेपाल
  • सोमबार, १६ माघ २०७९
  • 375
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिकाको राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यण्डबीच भेटवार्ता भएको छ ।

    आइतबार साँझ नेपाल आइपुगेकी नुल्यान्डसँग सोमबार बिहान प्रधानमन्त्री प्रचण्डले भेटवार्ता गरेका हुन्।



    प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा एमसीसी परियोजना लगायतका विषयमा छलफल भएको बुझिएको छ ।



    उनले आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

    नुल्यान्ड ३३ वर्षयता अमेरिकी कूटनीतिज्ञका रुपमा कार्यरत छिन्। उनी नयाँ सरकार बनेपछि नेपाल भ्रमण गर्ने सबैभन्दा वरिष्ठ अमेरिकी अधिकारी हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार