Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • प्रदेश १ को प्रदेशसभा बैठक बस्दै

    प्रदेश १ को प्रदेशसभा बैठक बस्दै

    अनलाइन नेपाल
  • सोमबार, २३ माघ २०७९
  • 492
    SHARES

    विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठक सोमबार बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

    बैठकमा यसअघि सरकारले ल्याएको प्रदेश निजामति सेवा अध्यादेश र केही प्रदेश ऐन संशोधन अध्यादेश स्वीकृत गर्ने कार्यसूची रहेको छ ।



    अध्यादेशलाई प्रदेशसभा सञ्चालन भएको ६० दिनभित्र विधेयकमार्फत प्रतिस्थापन गर्नुपर्ने हुन्छ । सरकारले सोही अनुसार तयारी भइरहेको जनाएको छ ।



    विजनेस अभावका कारण तीन साता लामो स्थगनमा रहेर सोमबार बस्न लागेको प्रदेश १ संसद्को अर्को बैठक पनि विजनेसविहीन अवस्थामै आयोजना हुने भएको हो।

    पुस ३० मा उपसभामुख चयन गरेपछि विजनेस नभएकै कारण प्रदेशसभा अनिश्चितकालीन स्थगनमा गएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार