Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पल शाहलाई १५ दिनभित्र उपस्थित गराउन उच्च अदालतको आदेश

    पल शाहलाई १५ दिनभित्र उपस्थित गराउन उच्च अदालतको आदेश

    अनलाइन नेपाल
  • सोमबार, २३ माघ २०७९
  • 492
    SHARES

    फाइल फोटो

    काठमाडौं । उच्च अदालत पोखराले पल शाहलाई १५ दिनभित्र उपस्थित गराउन आदेश दिएको छ।

    अदालतले पल शाहविरुद्धको बाल यौन दुराचारको मुद्दामा दुबै पक्षलाई झिकाउने आदेश दिएको दिएको हो।



    नाबालिगलाई बालयौन दुराचार गरेको अभियोगमा जिल्ला अदालत नवलपरासी पूर्वले पल शाहलाई साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो ।



    उक्त फैसलाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय र पल शाह दुबै पक्षले उच्च अदालत पोखरामा पुनरावेदन गरेका थिए ।

    उच्च अदालत पोखराका न्यायाधीशद्वय डिल्लीराज आचार्य र ऋषि राज भण्डारीको इजलासले शाहलाई उपस्थित गराउन आदेश दिएको हो।

    उनीविरुद्ध नवलपुरको गैंडाकोटस्थित एक होटलमा बलात्कार गरेको अभियोगमा नाबालिग गायिकाले जाहेरी दिएकी थिइन्। उक्त मु्द्दामा जिल्ला अदालत नवलपुरले उनलाई अढाइ वर्ष कैदको फैसला गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार