Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • बिजनेश अभावमा प्रदेशसभा बैठक फेरि अनिश्चितकालका लागि स्थगित

    बिजनेश अभावमा प्रदेशसभा बैठक फेरि अनिश्चितकालका लागि स्थगित

    अनलाइन नेपाल
  • मंगलबार, २४ माघ २०७९
  • 444
    SHARES

    विराटनगर । सरकारले विजनेस दिन गरिरहेको ढिलाइका कारण प्रदेश १ संसदको बैठक फेरि अनिश्चितकालका लागि स्थगन भएको छ।

    मंगलबार प्रदेश प्रमुख पर्शुराम खापुङले सम्बोधन गरेपछि उनलाई धन्यवाद ज्ञापन गर्ने औपचारिकता पूरा गरे लगत्तै संसद बैठक स्थगन भएको हो।



    यसअघि २२ दिनसम्म स्थगनमा रहेपछि सोमबार संसद बैठक आयोजना भएको थियो।



    सोमबारको बैठकले निजामती सेवा अध्यादेश स्वीकृत गरेको थियो। प्रदेश सभाको दोस्रो कार्यकालको हिउँदे अधिवेशन अहिलेसम्म विधेयकविहीन छ।

    खापुङको सम्बोधनसँगै प्रदेशसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको थियो। त्यसपछि बसेको दोस्रो प्रदेशसभा बैठकले प्रदेशसभामा सम्बोधन गरेका खापुङलाई धन्यवाद दिने प्रस्ताव पारित गरेपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको हो।

    संसदलाई विजनेस दिन सरकारले गरिरहेको आनाकानीबारे प्रश्न गर्दा अघिल्लो सरकारले के दिएको भन्दै उल्टै झर्किने मुख्यमन्त्री र मन्त्रीहरूले ‘विस्तारै विजनेस दिने’ अभिव्यक्ति दिँदै आएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार