Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • राष्ट्रपतिका लागि विश्वासको मत खोज्दै कांग्रेस

    राष्ट्रपतिका लागि विश्वासको मत खोज्दै कांग्रेस

    अनलाइन नेपाल
  • बुधबार, २५ माघ २०७९
  • 414
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आगामी २५ फागुनमा हुने तय भएको राष्ट्रपति निर्वाचनमा आफ्नो तर्फबाट उम्मेदवार उठाउने निर्णय गरिसकेको कांग्रेसले एकपछि अर्को गर्दै आफ्नो पक्षमा माहोल बनाउने प्रयास गरिरहेको छ ।

    गत २६ पुसमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीमा विश्वासको मत दिएको कांग्रेसले त्यसयता एकपछि अर्को गर्दै नेकपा माओवादी केन्द्रलाई विश्वासमा लिने प्रयास जारी राखेको हो ।



    कांग्रेसले सोमबार भएको राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनका लागिसमेत आफ्नो दलका तर्फकाट उम्मेदवार नउठाई माओवादी केन्द्रकै उम्मेदवारलाई घुमाउरो रूपमा समर्थन गरेसँगै राष्ट्रपतिका लागि कांग्रेसले थप वातावरण बनाएको हो ।



    राष्ट्रिय सभाको उपाध्यक्षमा कांग्रेसले उम्मेदवारी नदिँदा माओवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी हुन् ।

    यसअघि कांग्रेसले मधेस प्रदेशमा जसपाका मुख्यमन्त्री सरोजकुमार यादव र बागमती प्रदेशमा माओवादी केन्द्रका मुख्यमन्त्री शालिकराम जमकट्टेललाई पनि साथ दिइसकेको छ । यस्तै, प्रदेश १ मा कांग्रेसले उम्मेदवारी नदिएपछि माओवादी केन्द्रका बाबुराम गौतम सभामुखमा निर्विरोध निर्वाचित भएका थिए । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार