Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • शिक्षक सेवा आयोगले माग्यो १ हजार ५६ निमावि तह शिक्षक

    शिक्षक सेवा आयोगले माग्यो १ हजार ५६ निमावि तह शिक्षक

    अनलाइन नेपाल
  • शुक्रबार, २७ माघ २०७९
  • 978
    SHARES

    काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यामिक तह, तृतीय श्रेणी शिक्षक पदको लागि एक हजार ५६ रिक्त पदमा विज्ञापन खुलाएको छ ।

    आयोगले शुक्रबार खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि विज्ञापन खुला गरेको हो ।



    आयोगले नेपाली विषयको लागि ६५ रिक्त पदमा, अंग्रेजी विषयको लागि ११६ रिक्त पदमा, गणित विषयको लागि १४४ रिक्त पदमा, विज्ञान विषयको लागि २८२ रिक्त पदमा देशभरबाट आवेदन माग गरेको छ ।



    त्यस्तैगरी सामाजिक विषयमा ८९ जना शिक्षक, गणित÷विज्ञानमा ३५१ जना शिक्षक, शुक्लयजुर्वेद विषयका लागि एक जना, संस्कृत व्याकरणको लागि तीन जना, संस्कृत भाषाका लागि ४ जना र संस्कृत कर्मकाण्ड विषयका लागि १ जना रिक्त दरबन्दीमा शिक्षक माग गरेको छ ।

    न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारबाट माघ २७ गतेदेखि अनलाइनमार्फत आवेदन पेस गर्नुपर्ने आयोगले जनाएको छ ।

    परीक्षा २०८० साल बैशाख ९ गते सञ्चालन हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार