Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • पूर्वसांसद कर्मा घलेको निधनमा संसद्‍मा शोक प्रस्ताव पारित

    पूर्वसांसद कर्मा घलेको निधनमा संसद्‍मा शोक प्रस्ताव पारित

    अनलाइन नेपाल
  • आइतबार, २९ माघ २०७९
  • 489
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाले पूर्वसांसद कर्मा घलेको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

    आइतबार बसेको प्रतिनिधिसभाको बैठकले घलेको निधनप्रति सर्वसम्मत रूपमा शोक प्रस्ताव पारित गरेको हो ।



    नेपाली कांग्रेस पार्टीबाट २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक सदस्यमा निर्वाचित कर्मा घलेको ५९ वर्षको उमेरमा यही २४ माघमा महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।



    ‘कर्माको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ,’ संसद्‍ले पारित गरेको शोक प्रस्तावमा उल्लेख छ ।

    प्रतिनिधिसभाको अर्को बैठक आगामी फागुन ३ गते बिहान ११ बजे बस्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार