Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि आज मतदान

    अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि आज मतदान

    अनलाइन नेपाल
  • बिहिबार, ४ फाल्गुन २०७९
  • 657
    SHARES

    काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नेतृत्व चयनका लागि आज निर्वाचन हुने भएको छ। अध्यक्ष मण्डलका सदस्य खिमलाल भट्टराईका अनुसार बिहान ८ बजेबाट मतदान हुनेछ ।

    अध्यक्षका लागिमा वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, महासचिव समिक बडाल र उपाध्यक्ष मोती विकले उम्मेदवारी दिएका छन् ।



    बडाल नेतृत्वको पूर्व कमिटी भंग गरेर एमाले नेता भानुभक्त ढकालको नेतृत्वमा अध्यक्ष मण्डल गठन गरेको थियो, जसले बन्दसत्र र निर्वाचनको प्रक्रिया सम्पन्न गरेर नयाँ नेतृत्वको घोषणा गर्नेछ।



    अध्यक्ष मण्डलको सदस्य तथा निवर्तमान अध्यक्ष सुनिता बरालका अनुसार महाधिवेशनले १९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार