Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • त्रिभुवन विमानस्थलबाट अवैध भारुसहित भारतीय नागरिक पक्राउ

    त्रिभुवन विमानस्थलबाट अवैध भारुसहित भारतीय नागरिक पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ४ फाल्गुन २०७९
  • 1.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध भारतीय रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ परेका छन् ।

    २ हजार दरका २ लाख ४० हजार अवैध भारतीय रुपैयाँसहित भारतको कलकत्ता जान लागेका ४६ वर्षीय भारतीय नागरिक टुकाराम मल्हारी गड्धे पक्राउ परेका हुन् ।



    एयर इन्डियाको उडानमार्फत् बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले हृयाण्डब्याग जाँच गर्ने क्रममा उनलाई अवैध भारुसहित पक्राउ गरेको हो ।



    नेपालमा ५ सय, एक हजार र २ हजार दरका भारतीय मुद्रा प्रतिबन्ध छ । बरामद भारतीय रुपैयाँ सहित उनलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्‍व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार