Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • राष्ट्रपति निर्वाचनका लागि आयोगले तोक्यो मतदान अधिकृत, मतदान स्थल बानेश्वरमा

    राष्ट्रपति निर्वाचनका लागि आयोगले तोक्यो मतदान अधिकृत, मतदान स्थल बानेश्वरमा

    अनलाइन नेपाल
  • आइतबार, ७ फाल्गुन २०७९
  • 438
    SHARES

    काठमाडौं । यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले तयारी अघि बढाएको छ । आयोगले निर्वाचन अधिकृत तोक्ने र मतदान स्थल तय गर्ने काम गरिसकेको हो ।

    पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई मतदान अधिकृत तोकिएको आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले जानकारी दिए ।



    निर्वाचन अधिकृत पौडेल पाटन उच्च अदालतका न्यायाधीश रहेका छन् । राष्ट्रपतिको निर्वाचन तालिका अनुसार निर्वाचन अधिकृतको कार्यालय स्थापनापछि आउँदो बुधवार १० गते मतदाता नामावली प्रकाशन हुनेछ।



    नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई आयोगले मतदान स्थल निर्धारण गरेको छ । मतदान स्थलमा दुई वटा केन्द्र रहने छन् । सहायक प्रवक्ता भुसालले राष्ट्रपति चुनावमा मतदान गर्न योग्य मतदाताको सूची सङ्घीय संसद् र सातवटै प्रदेशको प्रदेश सभा सचिवालयबाट प्राप्त भएको जानकारी दिए । तालिका अनुसार आउँदो २५ गते राष्ट्रपति चयनका लागि मतदान हुनेछ ।

    मतदानका लागि आउँदे १३ गते मनोनयन दर्ता हुनेछ । राष्ट्रपतिको चुनावमा सङ्घीय संसद्को दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्य तथा सात वटै प्रदेशका प्रदेश सभा सदस्य मतदाता हुने कानुनी व्यवस्था छ।

    सङ्घीय संसद्का सदस्यको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८ हुनेछ । यता दलहरूले राष्ट्रपति उम्मेदवार कसलाई बनाउने टुंगो लगाइसकेका छैनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार