Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • राष्ट्रपति निर्वाचन : गठबन्धनभित्र शंकै शंका, आशैआशमा कांग्रेस

    राष्ट्रपति निर्वाचन : गठबन्धनभित्र शंकै शंका, आशैआशमा कांग्रेस

    अनलाइन नेपाल
  • सोमबार, ८ फाल्गुन २०७९
  • 471
    SHARES

    काठमाडौं । २५ फागुनमा तय भएको राष्ट्रपति निर्वाचनको विषय लिएर सत्ता गठबन्धनभित्र शंका बढेको छ । राष्ट्रपतिमा दाउ छोप्ने प्रयासमा रहेको नेपाली कांग्रेस भने गठबन्धनभित्र अविश्वास बढ्दा चुनाव आफ्नो पक्षमा पार्ने आशामा रहेको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पटकपटक सहमतिमै नयाँ राष्ट्रपति चुनिने बताउँदै गर्दा सत्ता गठबन्धनमा रहेका दलबीच शंका बढ्दै गएको हो । कांग्रेस भने प्रचण्डबाट सहमतिको नारा आउँदै गर्दा आशा जगाएरै बसिरहेको छ ।



    एमाले नेता सुवास नेम्वाङले वर्तमान सरकार निर्माण हुँदा नै राष्ट्रपति एमालेले लिने सहमति भइसकेकाले राष्ट्रपतिका लागि नयाँ सहमति आवश्यक नभएको बताए ।



    ‘प्रधानमन्त्रीले सहमति सहमति के सन्दर्भमा भनिरहनुभएको हो, उहाँ नै जान्नुहोला, गठबन्धनकैतर्फबाट एमालेले राष्ट्रपतिका लागि उम्मेदवार अघि सार्दै गर्दा माओवादीका साथीहरू पनि सहमत हुनुपर्ने हो,’ नेम्वाङले भने ।

    शंका आशंकाकै बीचमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत १० पुसमा वर्तमान सरकारको खाका बनाइँदा नै राष्ट्रपति एमालेले लिने सहमति भइसकेको दाबी गर्दै आइरहेका छन् । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार