Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • राष्ट्रपति निर्वाचन : आज मतदाता नामावलीमा समावेश नाममा उजुरी दिन सकिने

    राष्ट्रपति निर्वाचन : आज मतदाता नामावलीमा समावेश नाममा उजुरी दिन सकिने

    अनलाइन नेपाल
  • बिहिबार, ११ फाल्गुन २०७९
  • 405
    SHARES

    काठमाडौं । राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिमाथि आज उजुरी दिन सकिनेछ ।

    भोलि अन्तिम नामावली प्रकाशन हुनेछ । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि बुधबार मतादाता नामावली सार्वजनिक गरेको थियो ।



    राष्ट्रपति निर्वाचनमा संघीय संसद्‌को प्रतिनिधि सभा र राष्ट्रिय सभा तथा ७ वटै प्रदेश सभाका सदस्यहरु मतदाता हुन्छन् । राष्ट्रपति निर्वाचनका लागि स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयले बुधबार सार्वजनिक गरेको मतादाता नामावलीमा संघीय संसद्‌का ३ जना सांसद बाहेकको नाम छ।



    राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा) का ३३१ र प्रदेश सभाका ५५० गरी कूल ८८१ जना मतदाता रहने छन्। संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाका ३ सदस्यको नाम नामावलीमा छैन । आयोगले जारी गरेको मतदाता नामावलीको दाबी विरोधको उजुरी दिने समय बिहीबार मध्याह्न १२ बजेसम्म छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार