Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • राष्ट्रपतिबारे छलफल गर्न सिंहदरबारमा तीन दलको बैठक जारी

    राष्ट्रपतिबारे छलफल गर्न सिंहदरबारमा तीन दलको बैठक जारी

    अनलाइन नेपाल
  • बिहिबार, ११ फाल्गुन २०७९
  • 438
    SHARES

    काठमाडौं । सिंहदरबारमा राष्ट्रपति निर्वाचनबारे छलफल गर्न तीन दलको बैठक जारी छ ।

    राष्ट्रपतिका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी बीचको बैठक केही समय अघिदेखि जारी छ ।



    माओवादीबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेताहरू जनार्दन शर्मा, शक्ति बस्नेत, एकीकृत समाजवादीबाट पार्टी अध्यक्ष माधव नेपाल, प्रमेश हमाल, वेदुराम भुसाल र जनता समाजवादीबाट र उपन्द्र यादव र राजेन्द्र श्रेष्ठ सहभागी छन्।



    मन्त्रिपरिषद् बैठकअघि माओवादी केन्द्र र जसपाका नेताहरूबीच बैठक भएको थियो। बैठक माओवादी संसदीय दलको कार्यालयमा बसेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार