Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • राष्ट्रपति निर्वाचन : अन्तिम मतदाता नामावली प्रकाशन आज , उम्मेदवारी दर्ता भोलि

    राष्ट्रपति निर्वाचन : अन्तिम मतदाता नामावली प्रकाशन आज , उम्मेदवारी दर्ता भोलि

    अनलाइन नेपाल
  • शुक्रबार, १२ फाल्गुन २०७९
  • 324
    SHARES

    काठमाडौं । राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज अन्तिम मतदाता नामावली प्रकाशन हुने भएको छ ।

    राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन आयोगले तोकेको निर्वाचन कार्यक्रमअनुसार शुक्रबार अन्तिम मतदाता नामावली सार्वजनिक हुन लागेको हो ।



    निर्वाचन आयोगले बुधबार मतदाता नामावली सार्वजनिक गरेको थियो। सार्वजनिक नामावलीमाथि बिहीबार मध्याह्नसम्म दाबी विरोधको उजुरी दिने समय तोकिएको थियो ।



    राष्ट्रपति निर्वाचनमा संघीय संसद्‌को प्रतिनिधि सभा र राष्ट्रिय सभा तथा ७ वटै प्रदेश सभाका सदस्यहरु मतदाता हुन्छन् । आयोगले यसअघि नै सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार भोलि (शनिबार) उम्मेदवारी दर्ता हुनेछ । राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।

    अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ गरी सोही दिन ७ बजेभित्रमा नतिजा सार्वजनिक गर्ने आयोगको तयारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार