Online Nepal
  • शनिबार, १९ जेष्ठ २०८१
  • आईसीसी यू-१९ विश्वकप छनोट : आज सिंगापुरसँग खेल्दै नेपाल

    आईसीसी यू-१९ विश्वकप छनोट : आज सिंगापुरसँग खेल्दै नेपाल

    अनलाइन नेपाल
  • शुक्रबार, १२ फाल्गुन २०७९
  • 429
    SHARES

    काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटअन्तर्गत पहिलो खेलमा नेपालले आज सिंगापुरसँग खेल्दैछ ।

    यूएईको इर्डेन गार्डेन्स आजमानमा हुने खेल बिहान सवा ११ बजे सुरु हुनेछ।



    नेपाल आजको खेलमा सिंगापुरलाई हराउँदै प्रतियोगितामा सुखद सुरुवात गर्न चाहन्छ। नेपाली टोलीको कप्तानी देव खनालले गर्नेछन्।



    नेपालले भोलि शनिबार कुवेतसँग तथा १५ गते हङकङसँग खेल्ने तालिका छ। १६ गते मलेसियासँग तथा १८ गते अन्तिम खेलमा यूएईसँग खेल्नेछ। प्रतियोगिताको शीर्ष स्थानमा रहने टोलीले सन् २०२४ मा श्रीलंकामा हुने यू १९ विश्वकप खेल्न पाउनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार