Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेपाल र वेस्ट इन्डिजबीचको अभ्यास खेल वर्षाले प्रभावित

    नेपाल र वेस्ट इन्डिजबीचको अभ्यास खेल वर्षाले प्रभावित

    अनलाइन नेपाल
  • मंगलबार, २ माघ २०८०
  • 687
    SHARES

    काठमाडौं । आइसिसी यू-१९ विश्वकपअन्तर्गत नेपाल र वेस्ट इन्डिजबीचको अभ्यास खेल वर्षाले रोकिएको छ । दक्षिण अफ्रिकाको जोहानेसवर्गमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि वेस्ट इन्डिज ब्याटिङमा उत्रिएको थियो ।

    वेस्ट इन्डिजले ८।३ ओभरमा ३३ रन जोड्दा १ विकेट गुमाएको थियो। नेपालका लागि गुल्सन झाले एक विकेट लिएका थिए। त्यसपछि वर्षाले खेल अवरूद्ध भएको हो।



    विश्वकपमा १६ टिमले प्रतिस्पर्धा गर्दैछन् भने नेपाल समूह ‘डी’ मा छ । सन् २०१६ पछि पहिलो पटक यू(१९ विश्वकप खेल्न लागेको नेपालले समूहमा अफगानिस्तान, पाकिस्तान र न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।



    एक साताअघि नै दक्षिण अफ्रिका पुगेको नेपालले दुई वटा अनौपचारिक र एक औपचारिक अभ्यास खेल खेलिसकेको छ। तीनै खेलमा नेपाल विजयी भएको छ।

    नेपालले अनौपचारिक खेलमा नामिबिया र स्कटल्यान्डलाई पराजित गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार