Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • यू–१९ विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक

    यू–१९ विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक

    अनलाइन नेपाल
  • मंगलबार, २६ मंसिर २०८०
  • 876
    SHARES

    काठमाडौं । १९ वर्षमुनिको विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।

    अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले सार्वजनिक गरेको तालिका अनुसार नेपाल समूह ‘डी’मा परेको छ । यो समूहमा न्युजिल्याण्ड, अफगानिस्तान र पाकिस्तान रहेका छन् ।



    नेपालले माघ ७ गते न्युजिल्याण्डसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।



    यस्तै, १० गते पाकिस्तानसँग खेल्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले माघ १२ गते अफगानिस्तानसँग खेल्नेछ ।

    दक्षिण अफ्रिकामा हुने आईसीसीको युथ प्रतियोगितामा विश्वभरका १६ टिम सहभागी हुनेछन् । सहभागी टिमलाई चार समूहमा विभाजन गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार