Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • नेपालसँग नामिबिया ६ रनले पराजित

    नेपालसँग नामिबिया ६ रनले पराजित

    अनलाइन नेपाल
  • शुक्रबार, २७ पुष २०८०
  • 570
    SHARES

    काठमाडौं । नेपालले आईसीसी यू-१९ विश्वकपअघि दोस्रो अभ्यास खेलमा नामिबियालाई ६ रनले हराएको छ ।

    दक्षिण अफ्रिका भ्रमणमा रहेको नेपालको यो लगातार दोस्रो जित हो । जितका लागि १ सय ४२ रन पछ्याएको नामिबिया २९.५ ओभरमा १ सय ३५ रनमा अल आउट भयो।



    त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४१ रन बनाएको थियो। वर्षाका कारण खेल ३० ओभरमा छोट्याइएको थियो।



    नेपालले पहिलो अभ्यास खेलमा स्कटल्यान्डलाई १ सय ३५ रनले हराएको थियो। नेपालले अब जनवरी १३ मा स्कटल्यान्ड र १६ मा वेस्टइन्डिजसँग वार्मअप खेल्नेछ।

    जनवरी १९ देखि फेब्रुअरी ११ सम्म हुने विश्वकपमा नेपाल समूह ‘डी’मा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार