Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • फागुन १५ मा सार्वजनिक विदा दिन माग

    फागुन १५ मा सार्वजनिक विदा दिन माग

    अनलाइन नेपाल
  • शुक्रबार, १२ फाल्गुन २०७९
  • 1.4K
    SHARES

    रुपन्देही । नेपाल मगर संघले फागुन १५ मा सार्वजनिक बिदा र प्रथम सहिद लखन थापामगरलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेको छ ।

    फागुन १५ गते मगर संघ स्थापना तथा मगर एकता दिवस भएकाले उक्त दिन देशभर सार्वजनिक विदाको माग गरिएको हो ।



    नेपाल मगर संघ बुटवलले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी फागुन १५ गते सार्वजनिक विदा र नेपालका प्रथम शहीद लखन थापा मगरलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेको छ ।



    आदिवासी जनजातिमध्ये पहिलो र समग्रमा तेस्रो ठूलो जनसंख्या भएको मगर समुदायको मागलाई सरकारले सधैं बेवास्ता गरेको संघकी अध्यक्ष बसन्ती साठीघरेले गुनासो गरिन् ।

    २०६८ को जनगणनाअनुसार देशभर मगरको जनसंख्या १९ लाख रहे पनि संघले ३० लाख रहेको दाबी गर्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार