Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • ‘जनयुद्ध दिवस’मा सार्वजनिक बिदा दिने सरकारको निर्णय

    ‘जनयुद्ध दिवस’मा सार्वजनिक बिदा दिने सरकारको निर्णय

    अनलाइन नेपाल
  • आइतबार, २९ माघ २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । सरकारले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक विदा दिने निर्णय गरेको हो।



    नेकपा माओवादीले २०५२ साल फागुन १ गतेदेखि जनयुद्ध सुरु गरेको थियो । माओवादीले २०५२ देखि २०६२–६३ को जनआन्दोलनसम्म सशस्त्र संघर्ष गरेको थियो ।



    यसअघि कर्णाली, वाग्मती र विभिन्न स्थानीय तहले पनि फागुन १ गतेलाई जनयुद्ध दिवस मनाउनेगरी बिदा दिने निर्णय गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार