Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • गृह मन्त्रालयले भन्यो – ‘जनयुद्ध दिवस’ मा सार्वजनिक बिदा छैन

    गृह मन्त्रालयले भन्यो – ‘जनयुद्ध दिवस’ मा सार्वजनिक बिदा छैन

    अनलाइन नेपाल
  • सोमबार, २९ माघ २०८०
  • 411
    SHARES

    काठमाडौं । गृह मन्त्रालयले यसअघि सरकारले फागुन १ गते निर्धारण गरेको सार्वजनिक बिदा कायम नरहेको स्पष्ट पारेको छ ।

    गृहले सोमबार विज्ञप्ति जारी गर्दै फागुन १ गतेको बिदा कटौती भएको स्पष्ट पारेको हो ।



    “सर्वोच्च अदालतको फैसलाका आधारमा नेपाल सरकार, मन्त्रिपरिषद्को २०८० माघ २५ को बैठकको निर्णयानुसार नेपाल राजपत्र (खण्ड ७२, संख्या ६५, भाग ५, मिति २०७९ चैत २) मा प्रकाशित संवत् २०८० फागुन १ गते मंगलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको व्यहोरा सम्बद्ध सबैको जानकारीका लागि अनुरोध छ,” विज्ञप्तिमा उल्लेख छ ।



    सत्तारूढ दल नेकपा ९माओवादी केन्द्र०ले फागुन १ गतेलाई ‘जनयुद्ध दिवस’का रूपमा मनाउँदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार