Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • माओवादीलाई ‘जनयुद्ध दिवस’ मनाउन कसैले रोक्न सक्दैन, भोलि देशभरि मनाइन्छ : प्रचण्ड

    माओवादीलाई ‘जनयुद्ध दिवस’ मनाउन कसैले रोक्न सक्दैन, भोलि देशभरि मनाइन्छ : प्रचण्ड

    अनलाइन नेपाल
  • सोमबार, २९ माघ २०८०
  • 657
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध दिवस मनाउने अधिकारलाई कसैले रोक्न नसक्ने टिप्पणी गरेका छन् ।

    नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा सोमबार बोल्दै पार्टी अध्यक्ष प्रचण्डले सो टिप्पणी गरेका हुन् ।



    उनले जनयुद्ध दिवस मनाउने आफूहरुको नैसर्गिक अधिकार भएको समेत उल्लेख गरे । भोलि देशभरि जनयुद्ध दिवस मनाउने उनको चेतावनी छ ।



    ‘हामी अदालतको निर्णयलाई शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने बेलासम्म सम्मान नै गर्छौं। तर जनयुद्ध दिवस मनाउने हाम्रो नैसर्गिक अधिकारलाई कसैले रोक्न सक्दैन, रोकिँदैन। देशभरि भोलि जनयुद्ध दिवस मनाइन्छ,’ उनले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार