Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • ‘जनयुद्ध दिवस’को अवसरमा सार्वजनिक बिदा

    ‘जनयुद्ध दिवस’को अवसरमा सार्वजनिक बिदा

    अनलाइन नेपाल
  • आइतबार, २८ माघ २०८०
  • 3.5K
    SHARES

    हुम्ला । हुम्लाको सिमकोट गाउँपालिकाले ‘जनयुद्ध दिवस’ मनाउन सार्वजनिक बिदा दिएको छ।

    सिमकोट गाउँपालिका कार्यवाहक अध्यक्ष नन्द रावतले आइतबार निकालेको सूचनामा फागुन १ गते मंगलबार गाउँपालिका भित्रका सम्पूर्ण सरकारी कार्यालय, विद्यालयमा एक दिनको लागि बिदा दिने उल्लेख छ ।



    नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि २०५२ साल फागुन १ गते सुरु भएको महान जनयुद्धको स्मरण र सम्मान गर्न उक्त दिन बिदा दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।



    उता ‘जनयुद्ध दिवस’को अवसरमा सरकारले दिँदै आएको सार्वजनिक बिदाको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार