Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • सर्वोच्चको आदेशलाई चुनौती दिँदै जनयुद्ध दिवसमा सार्वजनिक बिदा

    सर्वोच्चको आदेशलाई चुनौती दिँदै जनयुद्ध दिवसमा सार्वजनिक बिदा

    अनलाइन नेपाल
  • बिहिबार, २५ माघ २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतले जनयुद्ध शब्दलाई असंवैधानिक ठहर गरेपनि रोल्पाको माडी गाउँपालिकाले जनयुद्ध दिवसमा पालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    पालिकाले यही माघ १७ गतेको निर्णयअनुसार आउँदो फागुन १ गते मंगलबार सरकारी कार्यालय र विद्यालयमा सावर्जनिक बिदा दिने निर्णय गरिएको भन्दै सूचना जारी गरेको हो ।



    पालिकाको सूचनामा लेखिएको छ, “जनयुद्ध दिवसको उपलक्ष्यमा २०८० फागुन १ गते मंगलबारका दिन माडी गाउँपालिका मातहत रहेका सरकारी कार्यालय तथा विद्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना जारी गरिएको छ ।”



    सर्वोच्चले जनयुद्ध दिवसको बिदा खारेज गरेपछि माडी गाउँपालिकाले भने त्यसलाई बेवास्ता गर्दै सूचना जारी गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार