Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • ‘जनयुद्ध दिवस’ मा बिदा दिने सरकारको निर्णय बदर भएको सर्वोच्चको घोषणा

    ‘जनयुद्ध दिवस’ मा बिदा दिने सरकारको निर्णय बदर भएको सर्वोच्चको घोषणा

    अनलाइन नेपाल
  • मंगलबार, २३ माघ २०८०
  • 381
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतले फागुन १ गतेको ‘जनयुद्ध दिवस’ बिदा बदर भएको घोषणा गरेको छ ।

    मंगलवार साँझ सूचना जारी गर्दै सर्वोच्चले यस्तो घोषणा गरेको हो ।



    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गत वर्षको माघ २९ गते मन्त्रिपरिषद्बाट निर्णय गराएर फागुन १ गते बिदा दिएका थिए । अहिले सर्वोच्चले त्यसैलाई उल्टाएको हो ।



    ‘सरकारको निर्णय तथा नेपाल राजपत्रमा प्रकाशित सूचना एवं सो सन्दर्भमा विभिन्न प्रदेश सरकारबाट भएका निर्णय र सूचनाहरूसमेत उत्प्रेषणको आदेशद्वारा यसै वर्षको फागुन १ गतेको सार्वजनिक बिदा बदर भएको बेहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ,’ सूचनामा भनिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार