Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • जनयुद्ध दिवसमा बिदा दिने निर्णय खारेज गर्न माग

    जनयुद्ध दिवसमा बिदा दिने निर्णय खारेज गर्न माग

    अनलाइन नेपाल
  • सोमबार, १५ असोज २०८०
  • 426
    SHARES

    काठमाडौँ । अन्तर्राष्ट्रिय अहिंसा दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाजले सोमबार अहिंसाको प्रवर्द्धन र हिंसाको खारेजीका लागि योगदान गर्न सबैलाई आग्रह गर्दै विभिन्न जिल्लामा प्रदर्शन गरेको छ ।

    हिंसालाई गौरवान्वित गर्ने सरकारी चेष्टा अहिंसाको दर्शनमाथि प्रहार हो भन्दै शान्ति समाजले जनयुद्ध दिवसका नाममा फागुन १ गते बिदा दिने सरकारी निर्णय शीघ्र खारेज गर्न माग गर्दै प्रदर्शन गरेको हो ।



    सोमबार शान्ति समाजका रुपन्देही, महोत्तरी, चितवन, नवलपुर, शाखाले प्रदर्शन गरेका छन् भने अछाम शाखाले अन्तरक्रिया कार्यक्रम गरेको छ ।आज साँझ समाजका दर्जन बढी शाखाहरूले प्रदर्शन तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गर्दैछन् ।



    २००७ को जुन महिनामा संयुक्त राष्ट्र महासभाले अक्टोबर २ लाई अहिंसा दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार