Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • आठ दलको निर्णय – राष्ट्रपति निर्वाचनका लागि कार्यदल गठन, १९ गते सातै प्रदेशमा कार्यक्रम

    आठ दलको निर्णय – राष्ट्रपति निर्वाचनका लागि कार्यदल गठन, १९ गते सातै प्रदेशमा कार्यक्रम

    अनलाइन नेपाल
  • आइतबार, १४ फाल्गुन २०७९
  • 465
    SHARES

    काठमाडौं । राष्ट्रपति निर्वाचनअघि बनेको आठ दलीय गठबन्धनको आजको बैठकले राष्ट्रपतिको निर्वाचनको लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

    प्रत्येक दलबाट एक/एक जना सदस्य रहेको कार्यदल गठन गरेर राष्ट्रपति निर्वाचन कार्यक्रम संचालन र व्यवस्थापन गर्ने निर्णय भएको हो । उक्त समितिले जहाँजहाँ जो–जससँग कुरा गर्नुपर्छ गर्ने कार्याधिकार पाउनेछ ।



    यस्तै बैठकमा सहभागी जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठका अनुसार बैठकले सबै दललाई राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उमेदवार रामचन्द्र पौडेललाई सहयोग गर्न आह्वान पनि गरेको छ ।



    बैठकले फागुन १८ गते संघीय सांसदलाई अभिमुखीकरण गर्ने निर्णय गरेको छ । १९ गते सातै प्रदेशमा निर्वाचनलक्षित कार्यक्रम गर्ने पनि निर्णय गरेको छ ।

    यस्तै, बैठकले संघ तथा प्रदेशसभाका सांसदहरुलाई २३ गते साँझसम्म काठमाडौं आइसक्न निर्देशन दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार