Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • प्रदेश-१ संसद बैठक बस्दै, प्रदेश नामाकरणको प्रस्ताव पेश हुने

    प्रदेश-१ संसद बैठक बस्दै, प्रदेश नामाकरणको प्रस्ताव पेश हुने

    अनलाइन नेपाल
  • बुधबार, १७ फाल्गुन २०७९
  • 492
    SHARES

    विराटनगर । लामो समयदेखि थाती रहेको प्रदेश-१ को नामकरणको विषयले आज प्रदेश सभामा प्रवेश पाउने भएको छ।

    राजनीतिक दलहरुले आज बस्ने प्रदेशसभा बैठकमा नामाकरणको विषय टुंगो लगाउने तयारी गरेका हुन् ।



    अघिल्लो कार्यकालमा दलहरुबीच पटक पटक छलफल भएपनि नाम टुंगिन सकेको थिएन । अरु सबै प्रदेशको नामाकरण भइसकेको छ ।



    नेपालको संविधानमा प्रदेशको नामकरणको टुङ्गो लगाउन प्रदेशसभाको दुई तिहाइ मत आवश्यक पर्छ । प्रदेश १ को नाम ‘कोशी’ राख्ने प्रस्ताव भएको स्रोतको दाबी छ ।

    बिहान १० बजे सर्वदलीय छलफलपछि प्रदेश सभामा प्रक्रियाका लागि नामले प्रवेश पाउने छ । प्रदेशसभा बैठक विहान ११ बजे बस्दै छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार