Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • तीन उपाध्यक्षसहित ११ जना सदस्यले गरे एन्फा बैठक बहिष्कार

    तीन उपाध्यक्षसहित ११ जना सदस्यले गरे एन्फा बैठक बहिष्कार

    अनलाइन नेपाल
  • बुधबार, १७ फाल्गुन २०७९
  • 498
    SHARES

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत केन्द्रिय सदस्यले कार्यसमिति बैठक बहिष्कार गरेको छन् ।

    नेतृत्वले पेलेरै कार्यसमिति बैठक सञ्चालन गर्न खोजेको आरोप लगाउँदै बहुमत कार्यसमिति सदस्यद्धारा बैठक बाहिस्कार गरेका हुन् ।



    बैठक बहिष्कार गर्नेमा उपाध्यक्षत्रय दीर्घबहादुर केसी (कुमार), विराटजंग शाही र दीपक खतिवडा तथा सदस्यहरू भोजराज शाही, रमेश व्यञ्जनकार, रूपेश केसी, रविन चन्द, भरत बुद थापा, महेन्द्र क्षेत्री, पेमा लामा छन् ।



    महासचिव किरण राई र कोषाध्यक्ष रविन्द्र जोशीलाई बर्खास्त गर्नुपर्ने माग सहित एजेण्डा थप्न निवेदन दिएका बहुमत कार्यसमिति सदस्यको माग सुनुवाई नभएपछि बुधबारको कार्यसमिति बैठकमा विवाद भएको थियो ।

    बहिष्कारबीच नेम्वाङले बैठक जारी राखेका छन् । २१ केन्द्रीय सदस्यमध्ये मनीष जोशी अनुपस्थित छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार