Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मोलुङ हाइड्रोपावरको आईपीओ बाँडफाँट

    मोलुङ हाइड्रोपावरको आईपीओ बाँडफाँट

    अनलाइन नेपाल
  • शुक्रबार, १९ फाल्गुन २०७९
  • 630
    SHARES

    फाइल फोटो

    काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनीको आईपीओ शुक्रबार बाँडफाँट भएको छ । आईपीओका लागि कुल १४ लाख २४ हजार ३५१ जना आवेदकले आवेदन दिएकामा ७ हजार ५ जनाको आवेदन रद्द भएको छ ।

    यस कम्पनीको बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ । सर्वसाधारण आवेदकहरुले गोलाप्रथामार्फत सेयर हात पारेका हुन् ।



    यसमा कुल २ लाख २६ हजार ४६५ जनाको आवेदन परेको छ । जसमध्ये ५ जनाले ११ कित्ता र बाँकी २ लाख २६ हजार ४६० जनाले १० कित्ताका दरले सेयर हात पारे।



    कम्पनीले सर्वसाधारणका लागि फागुन ४ गतेदेखि १० गतेसम्म कुल २२ लाख ६४ हजार ६५५ कित्ता सेयर निष्कासन गरेको थियो । कुल २७ लाख २८ हजार ५०० कित्ता सेयरमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १० प्रतिशत अर्थात् २ लाख ७२ हजार ८५० कित्ता पहिले नै निष्कासन गरिसकेको थियो ।

    सामूहिक लगानी कोष ५ प्रतिशत अर्थात् १ लाख ३६ हजार ४२५ कित्ता र २ प्रतिशत अर्थात् ५४ हजार ५७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको सेयरका लागि सर्वसाधारणले आवेदन दिएका थिए । लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार