Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • तेस्रो टेस्टमा भारतमाथि अस्ट्रेलियाको ९ विकेटको जित

    तेस्रो टेस्टमा भारतमाथि अस्ट्रेलियाको ९ विकेटको जित

    अनलाइन नेपाल
  • शुक्रबार, १९ फाल्गुन २०७९
  • 516
    SHARES

    काठमाडौं । अस्ट्रेलियाले भारतविरुद्धको तेस्रो टेस्ट सिरिजको तेस्रो दिन शुक्रबार नौ विकेटले जितेको छ । जितका लागि ७६ रनको मात्र लक्ष्य पाएको अस्ट्रेलियाले एक विकेट गुमाएर ७८ रन बनायो ।

    उसका लागि मार्नस लबुसचेनले २८ तथा ट्रेभिस हेडले ४९ रन बनाए । उनीहरूले दोस्रो विकेटका लागि आक्रामक ७८ को निर्णायक साझेदारी गरे । त्यस अगाडि भारत आफ्नो दोस्रो इनिङ्समा १ सय ६३ बनाएर अलआउट भएको थियो ।



    भारत आफ्नो पहिलो इनिङ्समा १ सय ९ रन बनाएर अलआउट भएपछि खेल अस्ट्रेलियाको पक्षमा मोडिएको थियो । त्यसको जवाफमा अस्ट्रेलियाले १ सय ९७ रन बनएको थियो ।



    यस नतिजासँगै चार टेस्टको शृंखलामा भारत २–१ ले अगाडि रह्यो । भारतले सुरुआती दुई टेस्ट जितेपछि अस्ट्रेलियाले तेस्रो टेस्ट जितेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार