Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सिके राउतले भने- नेम्वाङलाई मत हाल्नेबारे पार्टीमा छलफल गर्छौं

    सिके राउतले भने- नेम्वाङलाई मत हाल्नेबारे पार्टीमा छलफल गर्छौं

    अनलाइन नेपाल
  • शुक्रबार, १९ फाल्गुन २०७९
  • 525
    SHARES

    काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले राष्ट्रपतिमा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई मत दिने नदिनेबार पार्टीको बैठक राखेर निर्णय लिने बताएका छन् ।

    एमाले नेताहरुको टोलीसँग भेटवार्ता गरिसकेपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।



    अध्यक्ष राउतले भने, ‘हामीले पार्टीमा बैठक राखेर छलफल पछि मात्रै निर्णयमा पुग्छौँ भनेका छौँ ।’



    २५ फागुनमा हुने निर्वाचनमा नेम्वाङलाई जिताउन एमाले नेताहरु पार्टीका शीर्ष नेताहरुसँग मत माग्ने क्रममा छ ।

    नेम्वाङले आजै लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका थिए । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा एमालेबाट नेम्वाङ र नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल चुनावी मैदानमा रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार