Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • इङवा हाइड्रोपावरको आईपीओ खुला

    इङवा हाइड्रोपावरको आईपीओ खुला

    अनलाइन नेपाल
  • आइतबार, २१ फाल्गुन २०७९
  • 573
    SHARES

    फाइल फोटो

    काठमाडौं । इङवा हाइड्रोपावरको आईपीओ आजदेखि बिक्री खुला भएको छ । कम्पनीले दुई चरण गरेर आईपीओ निष्कासन गरेको हो ।

    पहिलो चरणमा हाइड्रोपावरले स्थानीय बासिन्दाका लागि आफ्नो जारी पुँजीको ६० करोड रुपैयाँको १० प्रतिशत अर्थात् ६ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्न लागेको हो ।



    कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ६ लाख कित्ता सेयर निष्कासन गरेको हो । स्थानीय बासिन्दाले नेपाल एसबिआई बैङ्क, सिद्धार्थ बैङ्क, लक्ष्मी बैङ्क, सिभिल बैङ्क, सप्तकोसी विकास बैङ्कका तोकिएका तोकेको शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।



    त्यस्तै, दोस्रो चरणमा सर्वसाधारणमा निष्कासन हुने १२ लाख कित्तामध्ये १० प्रतिशत अर्थात् १ लाख २० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुटाइएको छ ।

    उक्त आईपीओ आयोजना अति प्रभावित क्षेत्र ताप्लेजुङको सिदिङ्गवा गाउपालिका वडा नं ३ र पाँचथर जिल्लाको यङपरक गाउपालिकाको वडा नं २ स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरेको हो ।

    यता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैङ्क तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

    स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । यसमा चैत ५ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयसम्ममा पूर्ण आवेदन नपरेमा चैत २० गतेसम्म आवेदन दिन पाउनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार