Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • यू-२० महिला एसियन कप छनोट खेल्ने नेपाली टिमको बिदाइ

    यू-२० महिला एसियन कप छनोट खेल्ने नेपाली टिमको बिदाइ

    अनलाइन नेपाल
  • आइतबार, २१ फाल्गुन २०७९
  • 678
    SHARES

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी यू-२० महिला एसियन कप छनोट खेल्ने नेपाली टोलीलाई बिदाइ गरेको छ ।

    प्यालेस्टाइनमा हुने छनोटका लागि आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा एक कार्यक्रमका बीच नेपाली टिमको बिदाइ गरिएको हो । नेपाली टोली आइतबार नै त्यसतर्फ प्रस्थान गर्ने छन् ।



    नेपाल छनोटको समूह ‘बी’ मा छ । यो समूहमा नेपालसँगै घरेलु टिम प्यालेस्टाइन, नर्दन मारियाना टापु र युनाइटेड अरब इमिरेट्स (यूएई) छन् ।



    नेपालले मार्च आठमा घरेलु टिम प्यालेस्टाइनविरुद्ध खेल्दै छनोटको सुरुआत गर्नेछ ।

    नेपाली टोली

    गोलकिपर : कविता बिक, सावित्री किसन, लिला जोशी

    डिफेण्डर : सबिना चौधरी, हिमा रावत, सरु हमाल, सुनिला भुलान, दिव्या यास्माली मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ

    मिडफिल्डर : तुलसा बोहरा, जेनिफर राना, साराह बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रिती राई, अन्जली मसामसी, सरस्वती हमाल, दिपा शाही

    फरवार्ड : गरिमा राई, अमिसा कार्की, ममता पुन, सन्दिपा भोलान

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार