Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • विमान कम्पनीको बक्यौता ९८ करोड

    विमान कम्पनीको बक्यौता ९८ करोड

    अनलाइन नेपाल
  • बुधबार, २४ फाल्गुन २०७९
  • 519
    SHARES

    काठमाडौं । आन्तरिक र अन्तर्राष्ट्रियतर्फ हवाई सेवा दिँदै आएका हवाई कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौता झन्डै ९८ करोडको हाराहारीमा छ । प्राधिकरणले बक्यौता रकम बुझाउन बाँकी हवाई कम्पनीलाई फागुन ११ गते परिपत्र गर्दै फागुन १६ गतेभित्र बक्यौता रकम बुझाउन निर्देशन दिएको थियो ।

    तिनको बक्यौता आन्तरिकतर्फ ४८ करोड ८५ लाख ८५ हजार ८२० र अन्तर्राष्ट्रियतर्फ ३९ करोड ९५ लाख ७४ हजार ३६४ रुपियाँ छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई मात्रै १६ वटा हवाई कम्पनीले आठ करोड ६९ लाख पाँच हजार ४०१ रुपियाँ बक्यौता रकम बुझाउन बाँकी छ ।



    आन्तरिकतर्फका नौवटा हवाई सेवा कम्पनी र ११ वटा हेलिकोप्टर कम्पनीले विमानस्थलका सेवा सुविधा प्रयोग गरेबापतको बक्यौता रकम तिर्न आनाकानी गरेपछि प्राधिकरणले चैत १८ गतेदेखि लागू हुने गर्मीयामका लागि नयाँ उडान तालिका स्वीकृति नगर्ने अडान राखेको छ । गर्मीयामको उडान तालिका स्वीकृत नहुने भएपछि केही हवाई कम्पनीले बक्यौता रकम बुझाएको प्राधिकरणले जनाएको छ ।



    प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार प्राधिकरणको बाध्यकारी निर्णयपछि आन्तरिकतर्फका यती एयरलाइन्स, समिट एयर, एयर डाइनेस्टी र सिम्रिक एयरले बक्यौता बुझाइसकेका छन् । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार