Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • उपराष्ट्रपति उम्मेदवार बन्न रञ्जिता श्रेष्ठलाई उमेर बाधक

    उपराष्ट्रपति उम्मेदवार बन्न रञ्जिता श्रेष्ठलाई उमेर बाधक

    अनलाइन नेपाल
  • शुक्रबार, २६ फाल्गुन २०७९
  • 735
    SHARES

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएकी छिन् ।

    पार्टीले रञ्जितालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरे पनि उनको उमेर ४५ वर्ष पूरा नभएकाले उनी अयोग्य देखिएकी हुन् ।



    तर कानुनी व्यवस्थाका कारण उपराष्ट्रपति बन्न उनको उमेर बाधक बनेको छ । नेपालको संविधान २०७२ अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार बन्न ४५ वर्ष उमेर पूरा भएको हुनुपर्छ ।



    आयोगमा उनले पेश गरेको विवरणमा भने उनको उमेर ३९ वर्षमात्र भएकोले उनी उम्मेदवार बन्न नसक्ने भएकी छिन् ।

    प्रतिनिधि सभाको निर्वाचनमा सहभागि हुने क्रममा उनले पेश गरेको नागरिकताका आधारमा उनको उमेर ३९ वर्ष मात्रै रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार