Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • उपराष्ट्रपतिका उम्मेदवार रामसहाय यादवविरुद्ध जनमतको पनि उजुरी

    उपराष्ट्रपतिका उम्मेदवार रामसहाय यादवविरुद्ध जनमतको पनि उजुरी

    अनलाइन नेपाल
  • शनिबार, २७ फाल्गुन २०७९
  • 522
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टीबाट उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवविरुद्ध जनमत पार्टीले उजुरी उजुरी दर्ता गरेको छ ।

    राष्ट्रपतिमा पुरुष खसआर्य समुदायबाट निर्वाचित भइसकेकोले उपराष्ट्रपतिमा महिला हुनु पर्ने माग राखेर जनमतले यादवविरुद्ध उजुरी दिएको हो ।



    उपराष्ट्रपतिको उम्मेदवार ममता झाले यादव विरुद्धको उजुरी निर्वाचन अधिकृतको कार्यालयमा दर्ता गरेको सूचना अधिकारी अमृताकुमारी शर्माले बताइन् ।



    यादवविरुद्ध एमोलले पनि उजुरी दिइसकेको छ । उपराष्ट्रपति निर्वाचन आगामी चैत ३ गते हुँदैछ। अब उम्मेदवारको नाम फिर्ता र अन्तिम नाम प्रकाशन आगामी आइतवार हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार