Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा कटवाल नियुक्त

    राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा कटवाल नियुक्त

    अनलाइन नेपाल
  • बुधबार, १ चैत्र २०७९
  • 549
    SHARES

    काठमाडौं । प्रवेश कटवाल राष्ट्रिय फुटबल टोलीका सहायक प्रशिक्षक नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले कटवाललाई सहायक प्रशिक्षक नियुक्त गरेको हो ।

    कटवाल यसअघि गत कात्तिकमा घरेलु मैदानमा भएको पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा मुख्य प्रशिक्षक थिए । त्यस्तै एन्फाले विनोद डङ्गोललाई गोलकिपर प्रशिक्षकको रूपमा नियुक्त गरेको छ ।



    यसअघि एन्फाले मुख्य प्रशिक्षकमा इटालीका भिन्सेन्जो अल्बर्टो अनेसेलाई नियुक्त गरेको थियो। भारतको इन्डियन सुपर लिग र आइलिग क्लबको प्रशिक्षक रहेका अल्बर्टोले सोमबार युवा खेलाडीलाई समेटेर टिम निर्माण गर्ने बताएका थिए।



    दशरथ रंगशालामा चैत ८ देखि १७ गतेसम्म हुने प्रधानमन्त्री थ्री नेसन्स कपअघि एन्फाले तीन नयाँ प्रशिक्षक भित्र्याएको हो। कपमा नेपालले भुटान र लाओससँग सिंगल राउण्ड रोबिन ढाँचामा खेल्नेछ र शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार