Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • यूएईविरुद्ध नेपालको खेल हेर्न दुई घण्टा अघि नै भरियो खेल मैदान

    यूएईविरुद्ध नेपालको खेल हेर्न दुई घण्टा अघि नै भरियो खेल मैदान

    अनलाइन नेपाल
  • बिहिबार, २ चैत्र २०७९
  • 411
    SHARES

    काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिज अन्तर्गत अन्तिम खेलमा नेपाल र युएईको खेल हेर्न दर्शकको भिड बढेको छ ।

    त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा ९ः३० मा सुरु हुने खेल हेर्नका लागि बिहानैदेखि दर्शकको भिड सुरु भएको हो । बिहान ७ः४५ सम्म दर्शक छिर्ने गेट खुलाइएको थियो ।



    क्यानले बुधबार साँझै सबै ११ हजार टिकट बिक्री गरेको थियो । जसका कारण टिकट खेल मैदानमा बेचिएको छैन । खेल जितेर विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउने लक्ष्यका साथ नेपाल मैदान प्रवेश गर्दैछ ।



    यसअघि भएका खेलमा नेपालले यूएईलाई २ खेलमा पराजित गरिसकेको छ । नेपालले आगामी ४ वर्षका लागि १ दिवसीय मान्यता पाइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार