Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • नेपालको निर्णायक खेल हेर्न समर्थकको घुइँचो, प्रधानमन्त्री प्रचण्ड मैदानमा (फोटोफिचर)

    नेपालको निर्णायक खेल हेर्न समर्थकको घुइँचो, प्रधानमन्त्री प्रचण्ड मैदानमा (फोटोफिचर)

    अनलाइन नेपाल
  • बिहिबार, २ चैत्र २०७९
  • 456
    SHARES

    काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आजको अन्तिम खेलमा नेपाल र युएईबीच प्रतिस्पर्धा भइरहेको छ ।



    खेल हेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समेत कीर्तिपुर पुगेका छन् ।



    त्रिवि क्रिकेट मैदानमा मैदानमा युएईले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्दैछ । खेल हेर्न आएका समर्थकहरूको त्रिवि क्रिकेट मैदान बाहिर भिड छ ।

    क्यानले बुधबार नै सबै टिकट बिक्री भएको बताए पनि केही समर्थक भित्र छिर्न पाउनुपर्ने माग सहित मैदान बाहिर छन् ।

    नेपालको राष्ट्रिय झण्डा बोकेकाहरुले नेपाली टोलीलाई हौसला प्रदान गरिरहेका छन् ।

    युएईविरुद्धको आजको खेलमा विजयी भए नेपाल लिग टुको शीर्ष तीनमा अटाउँदै जिम्बाब्वेमा हुने ग्लोबल छनोटमा सहभागी हुन पाउने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार