Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कप्तान रोहित भन्छन् – खेलाडीमा जित्ने विश्वास थियो, जितको श्रेय मन्टी सरलाई जान्छ

    कप्तान रोहित भन्छन् – खेलाडीमा जित्ने विश्वास थियो, जितको श्रेय मन्टी सरलाई जान्छ

    अनलाइन नेपाल
  • बिहिबार, २ चैत्र २०७९
  • 687
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले आजको खेलमा सुरुवात मै तीन विकेट गएपनि खेलाडीहरूमा विश्वास भएको प्रतिक्रिया दिएका छन् ।

    खेल सकिएपछि प्रतिक्रिया दिँदै उनले आजको खेलले झनै टिममा एकता भएको र टिम बलियो बनेको बताएका हुन् । रोहितले अब टिमको लक्ष्य विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकप खेल्ने योजना रहेको बताए ।



    ‘मन्टी सर आएपछि हाम्रो टिमको माहोल परिवर्तन भएको छ। सबैजना सकारात्मक छन्। यो पछिल्लो जितको श्रेय मन्टी सरलाई दिन चाहान्छु,’ उनले भने,‘मन्टी सरले प्रत्येक खेलमा केन्द्रीत हुन र प्रत्येक दिन एक खेल र मैदानमा उत्रिएपछि एक बलमा केन्द्रीत हुन सिकाउनुभयो ।’



    रोहितले आजको खेलमा गुलशन, भीम र आसिफले नेपालको जितका लागि महत्त्वपूर्ण भूमिका खेलेको बताए । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत युएईविरूद्ध नेपालले ८ डिएल मेथडबाट ९ रनको जित निकाल्यो।

    ३११ रनको लक्ष्य पछ्याएको नेपालले खराब सुरूवात गरेको थियो। तर पनि नेपालका चार ब्याट्सम्यानले अर्धशतक प्रहार गर्दा नेपालले खेल जितेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार