Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • कप्तान रोहित पौडेलले भने – लिग-२ शृङ्खला सोचेजस्तो भएन, टी-२० मा राम्रो क्रिकेट खेल्छौं

    कप्तान रोहित पौडेलले भने – लिग-२ शृङ्खला सोचेजस्तो भएन, टी-२० मा राम्रो क्रिकेट खेल्छौं

    अनलाइन नेपाल
  • मंगलबार, १५ फाल्गुन २०८०
  • 438
    SHARES

    काठमाडौं । नेपाली क्रिकेट टीमका कप्तान रोहितकुमार पौडेलले विश्वकप लिग-२ को पहिलो शृङ्खला नेपालका लागि सोचेजस्तो हुन नसकेको बताएका छन्।

    नेपाल क्रिकेट संघ क्यानले कप्तान पौडेल र प्रशिक्षक मोन्टी देसाईँको भिडियो सन्देश सार्वजनिक गरेको हो । एकदिवसीयमा भएका गल्तीहरू सच्याएर अब टी–२० मा फोकस्ड हुने कप्तान पौडेलले बताए।



    नेपालले आजबाट नामिबिया र नेदरल्यान्ड्ससँग टी २० शृङ्खला खेल्दैछ ।



    भिडिओमा कप्तान पौडेलले भने,‘ओडीआइमा जेजस्ता गल्तीहरू भए, त्यसलाई सच्याएर टी-२० मा राम्रो क्रिकेट खेल्नेछौँ । एउटा टीमको रूपमा हाम्रो विश्वास र भरोसा अहिले पनि कायम छ । टीमको वातावरण पनि सकारात्मक रहेको छ । यसलाई लिएर म एकदम खुशी छु ।’

    हारका बाबजुद टिमका सबै जना सकारात्मक रहेको कप्तान पौडेलको भनाइ छ । फ्यानहरू निराश भए पनि खेलको सुन्दरता नै जित र हार रहेको पौडेलले बताउँछन् ।

    कप्तान पौडेलले दर्शकको निरन्तर समर्थनका लागि आभार प्रकट गरे। प्रशिक्षक देसाईँले सबैभन्दा ठूलो कुरा भरोसा भएको बताए।

    बाहिरको हल्लाबाट खेलाडीहरू टाढा बस्नुपर्ने उनको सुझाव छ । उनले मैदानमा ठूलो संख्यामा दर्शकहरू आएर टीमको हौसला बढाउने आशा व्यक्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार