Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • राष्ट्रिय क्रिकेट टिमका कप्तान पौडेल ५१ हजार रुपैयाँसहित सम्मानित

    राष्ट्रिय क्रिकेट टिमका कप्तान पौडेल ५१ हजार रुपैयाँसहित सम्मानित

    अनलाइन नेपाल
  • मंगलबार, ७ चैत्र २०७९
  • 978
    SHARES

    नवलपरासी । बर्दघाट नगरपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेललाई सम्मान गरेको छ ।

    विश्वकप क्वालिफायर खेलका लागि ऐतिहासिक जित हासिल गर्दै नेपाललाई विश्वसामु चिनाउन योगदान गरेको भन्दै पौडेललाई नगद ५१ हजार रुपैयाँसहित सम्मान पत्र प्रदान गरीएको हो ।



    पौडेल नेतृत्वमा रहेको टोलीले नेपाल र नेपाली क्रिकेटलाई विश्वसामु चिनाउन सफल भएको खुसीयालीमा सम्मान गरिएको बर्दघाट नगरपालिकाले जनाएको छ ।



    पौडेल बर्दघाट नगरपालिका वडा नम्बर–१४ बुद्ध बस्तिका स्थायी बासिन्दा हुन् ।

    सोमबार गृहजिल्ला आएका पौडेललाई क्रिकेट संघ, खेलकुद विकास समिति, जेसिज, रोटरी, क्षेत्री समाजलगायत विभिन्न संघ सस्थाले सम्मान गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार